गत २४ घन्टामा नेपालभर थपिए ६० नयाँ संक्रमित, २ जनाको मृत्यु

काठमाडौं, २९ फागुन । नेपालमा थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा २ हजार ३ सय ६२ पिसिआर परीक्षण गर्दा थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७५ हजार १ सय ७८ पुगेको छ ।
यस्तै गत २४ घन्टामा थप ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार २ सय ४९ पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव ६ प्रतिशत हो ।
यस्तै गत २४ घन्टामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको छ । यो दर कुल संक्रमित १ दशमलव १ प्रतिशत हो ।
हाल नेपालभर सक्रिय संक्रमितको संख्या ९ सय १५ रहेको छ भने ४९ जना क्वारेन्टाइनमा रहेका छन् ।