गर्मी मौसम सुरु भएसँगै स्वास्थ्यमा ध्यान दिन डाक्टरको सुझाव



Download our app to get more features

काठमाडौं, २९ फागुन । गर्मी मौसम सुरु भएसँगै स्वास्थ्यमा समस्या आउन सक्ने हुँदा सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् ।

यो समयमा खानपानबाट सर्ने सङ्क्रामक रोग देखिने हुँदा विशेष सावधानी अपनाउन सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले आग्रह गरेकाछन् । 

खानपान र जीवनशैलीमा ध्यान नदिए टाइफाइड, झाडापखाला, जन्डिस, मलेरिया, ज्वरोलगायत स्वास्थ्य समस्या देखिन सक्छ ।  विभिन्न रोगको सङ्क्रमण भएमा ज्वरो आउने, वाकवाक लाग्ने, पखाला लाग्ने, भोक नलाग्ने, शरीर बोझिलो र आलस्यमय हुने लक्षण देखिने गर्दछ ।

यस्ता समस्याबाट जोगिन बाहिर बनेको खाना नखाने, पानीलाई राम्ररी उमालेर खाने, शारीरिक व्यायाम गर्ने, सरसफाइमा ध्यान दिन उनको सुझाब छ ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts