पत्रकार सुशील शर्माको निधन



Download our app to get more features

काठमाडौं, २८ फागुन । लामो समय बीबीसीमा काम गरेका पत्रकार सुशील शर्माको निधन भएको छ। ६३ वर्षीय शर्माको काठमाडौंको ओम अस्पतालमा शुक्रबार दिउँसो निधन भएको हो।

उनी लामो समयदेखि मृगौलाका बिरामी थिए। एक वर्षअघि फिस्टुलाको शल्यक्रिया गरेका थिए । उनलाई बुधबार भर्ना गरिएकोमा आज दिउँसो २ बजे निधन भएको अस्पतालका निर्देशक डा. हरिश जोशीले जानकारी दिए।

राइजिङ नेपाल, काठमाण्डौ पोस्ट, स्पोर्ट्स लाइट र बीबीसी नेपाली सेवामा लामो समयसम्म पत्रकारिता गरेका पत्रकार शर्माले नेपाल वातावरण पत्रकार समूहका कार्यसमितिमा रही केही समय योगदान पुर्‍याएका थिए ।

शर्माका श्रीमती र १ छोरा रहेका छन् ।

Last modified on 2021-03-12 20:00:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts