गत २४ घन्टामा थपिए ४८ नयाँ संक्रमित, ६१ जना कोरोनामुक्त



Download our app to get more features

काठमाडौं, २८ फागुन । नेपालमा गत २४ घन्टामा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा २ हजार ५ सय १२ पिसिआर परीक्षण गर्दा ४८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७५ हजार १ सय १८ पुगेको छ । 

यस्तै गत २४ घन्टामा थप ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोन संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार १ सय ७७ पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव ६ प्रतिशत हो । 

हाल नेपालभर सक्रिय संक्रमितको संख्या ९ सय २९ रहेको छ भन गत २४ घन्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ । 

Last modified on 2021-03-13 09:34:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts