दोस्रो चरणको अभियानअन्तर्गत ८ लाख बढी वृद्धवृद्धाले लगाए कोरोना खोप



Download our app to get more features

काठमाडौं, २७ फागुन । दोस्रो चरणको खोप अभियानमा अहिलेसम्म ८ लाखभन्दा धेरै वृद्धवृद्धाले कोरोना खोप लगाएका छन् । 

गएको २३ गतेबाट सुरु भएको अभियानमा ६५ वर्षभन्दामाथिका ८ लाख २७ हजार ९ सय १७ जना वृद्धवृद्धाले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यो संख्या ६५ वर्षमाथिका कुल वृद्धवृद्धाको संख्याको ४६ प्रतिशत हो । दोस्रो प्राथमिकताको पहिलो चरणमा जम्मा १७ लाख ८२ हजार ४ सय ६९ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ । 

खोप अभियानको पहिलो दिन २ लाख ३१ हजार ९ सय ९८, दोस्रो दिन २ लाख ४२ हजार ५ सय ५१, तेस्रो दिन २ लाख १६ हजार ३ सय ५२ र चौथो दिन एक लाख ३७ हजार १६ गरी जम्मा ८ लाख २७ हजार ९ सय १७ खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts