मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुनेछ : प्रधानमन्त्री ओली



Download our app to get more features

 काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताएका छन्।

विश्व मृगौला दिवसका अवसरमा काठमाडौमा बिहीवार बिहान आयोजित चेतनामुलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले छिटै त्यस्तो केन्द्र स्थापना गर्न मिर्गौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्राध्यापक डा. दिव्या सिंह शाहसहितका विज्ञहरु क्रियाशिल रहेको जानकारी समेत दिए।

‘मिर्गौलालाई रोगहरुबाट कसरी बचाउन सकिन्छ र रोग लागि हालेमा  प्रत्यारोपण सहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने समेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ,ु दुई पटक मिर्गौला प्रत्यारोपण गराइसकेका  प्रधानमन्त्री ओलीको भनाइ थियो। ‘मृगौला रोगको साथमा स्वस्थ्य जीवन’को नारासहित आज नेपाल सहित विश्वभर मृगौला दिवस मनाइँदैछ।

मिर्गौलासम्बन्धी रोगबाट बच्न खानपिनमा ध्यान दिनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो। ‘हाम्रो खानपिन वा हाम्रो दैनिकमा मृगौलालाई असर पार्न खानपीन वा व्यवहार के होरु र त्यसबाट कसरी जोगिने जस्ता कुराहरुलाई ध्यान दिन जरुरी छ’, प्रधानमन्त्रीको भनाई थियो।  उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने कुरामा सरकारको ध्यान रहेको र यो रोग जसलाई पनि हुन सक्ने भएकोले सबै जना सजग हुनुपर्ने समेत प्रधानमन्त्रीले बताए।

पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको ओलीको भनाई थियो। ‘केही मानिसहरुले मलाई ‘बाहिर गएर उपचार गरायो’ भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिएँ’,  ओलीले भने। मिर्गौला रोग जस्तो जटिलताबाट बच्न स्वस्थ्य जीवनयापनका लागि आग्रह गर्दै प्रधानमन्त्रीले यसबारेका प्रचारलाई अझ थप व्यापक बनाउनु पर्नेमा पनि जोड दिए।

प्रधानमन्त्री ओली सम्बोधन पश्चात प्रभातफेरीमा पनि सहभागी भएका थिए।

Last modified on 2021-03-11 19:16:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts