नेपालमा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको दर ९८ दशमलव ६ प्रतिशत पुग्यो



Download our app to get more features

काठमाडौं, २६ फागुन । नेपालमा थप १ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ३ हजार ४ सय ८८ पिसिआर परीक्षण गर्दा ४६ जना महिला र ५८ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९ सय ७३ पुगेको छ ।

यस्तै गत २४ घन्टमा थप ६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार थप ६३ जना कोरोना संक्रमणमुक्त भएसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ५० पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव ६ प्रतिशत हो ।

यस्तै हाल नेपालभर सक्रिय संक्रमितको संख्या ९ सय ११ रहेको छ भने नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ३ हजार १२ जनाको मृत्यु भइसकेको छ ।

Last modified on 2021-03-11 08:10:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts