औषधि बेच्नेले नाम अंकित एप्रोन अनिवार्य लगाउनुपर्ने



Download our app to get more features

काठमाडौं, २५ फागुन । नेपाल फार्मेसी परिषद्ले फर्मासिष्ट र फार्मेसी सहायकलाई औषधि बिक्री वितरण गर्दा नाम अंकित सेतो एप्रोन अनिवार्य लगाउन निर्देशन दिएको छ।

परिषद्ले मंगलबार सूचना जारी गर्दै सामुदायिक वा अस्पतालमा कार्यरत फर्मासिष्ट र फार्मेसी सहायकलाई औषधि बिक्री वितरण गर्दा एप्रोन अनिवार्य गर्ने निर्णय भएको भन्दै सोही अनुसार निर्देशन दिएको हो ।

परिषद्का अनुसार फर्मासिष्टले सेतो एप्रोनमा हरियो पृष्ठभूमि भएको सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अंकित गरेर लगाउन भनेको छ। यस्तै, फार्मेसी सहायकले सेतो एप्रोनमा निलोपृष्ठभूमि भएको सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अंकित एप्रोन प्रयोग गर्नुपर्नेछ।

फर्मासिष्ट तथा फार्मेसी सहायकले नाम अंकित एप्रोन प्रयोग नगरी औषधि बिक्री वितरण गरेको पाइएमा परिषद्को नियम विपरित मानिने परिषद्ले जनाएको छ।


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts