पछिल्लो २४ घण्टामा ६६ कोरोना संक्रमित थपिए, ५८ जना डिस्चार्ज



Download our app to get more features

काठमाडौं, २३ फागुन । पछिल्लो २४ घण्टामा नेपालमा ६६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ७ सय २१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८ सय २५ जना सक्रिय संक्रमित छन्।

गएको २४ घण्टामा ४ हजार १ सय ११ जनाको पिसिआर परीक्षण गर्दा ६६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ९२ हजार ८ सय ३६ पुगेको छ। 

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हाल ५३ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ५८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ८ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ। 

Last modified on 2021-03-09 07:38:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts