भक्तपुरमा ४२ स्थानबाट कोरानाविरुद्धको खोप लगाइँदै
भक्तपुर, २३ फागुन । कोरानाविरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ। खोप अभियानअन्तर्गत भक्तपुरका ४२ स्थानबाट खोप लगाइँदै छ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार चार वटा नगरपालिका मध्ये चाँगुनारायण र सूर्यबिनायक नगरपालिकाका ११ ११ स्थानबाट खोप दिँइदै छ।
मध्यपुर थिमि र भक्तपुर नगरपालिकाका १०र१० स्थानबाट खोप लगाउन सकिने व्यवस्था मिलाइएको कार्यालयका प्रमुख कृष्ण बहादुर मिजारले बताए। ६५ वर्षमाथिका वृद्धवृद्धाले पायक पर्ने जुनसुकै स्थानबाट खोप लगाउन सक्ने छन्।
दोस्रो चरणमा भक्तपुरका लागि ५ हजार ९ सय ३९ भाइल, ५९ हजार ३ सय ९१ सिरिज र ५ सय ९४ वटा सेफ्टी बक्स प्राप्त भएको मिजारले बताए। जिल्लामा अहिले ५५ वर्षमाथिका ४६ हजार ६ सय ८०, शिक्षक शिक्षिका ३ हजार ६ सय २१ जना, औषधी पसलका कर्मचारी २ सय जना, सार्वजनिक गाडीका चालक र सहचालक ७ सय १० जना रहेको बताइएको छ।
त्यस्तै पहिलो चरणमा छुटेका २ हजार २ सय ९४ जना गरी जिल्लामा कूल ५३ हजार ५ सय ५ जनालाई खोप लगाएइने छ ।