कोभ्याक्स सुविधा मार्फत् काठमाडौं आइपुग्यो कोरोना खोप



Download our app to get more features

 काठमाडौं, २३ फागुन । कोभ्याक्स सुविधा मार्फत् पहिलो चरणको खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत ३ लाख ४८ हजार डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय स्थल आइपुगेको हो ।

कोभ्याक्स अन्तर्गत नेपाललाई अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड खोप उपलब्ध गराएको हो ।आइतबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप बुझेका छन् । 

विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अन्तर्गत २ करोड डोज खोप पठाइएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । कोभ्याक्सले कुल जनसंख्याको २० प्रतिशतलाई निशुल्क खोप उपलव्ध गराउनेछ । 
त्यस अनुसार नेपालले ६० लाख बढी जनताका लागि कुल १ करोड २० लाख डोज खोप निशुल्क पाउने छ । तर माग अनुसार उत्पादन हुन नसकेकोले विभिन्न चरणमा खोप उपलव्ध गराउने योजनामा कोभ्याक्स लागेको छ ।

कोभ्याक्स डब्ल्यूएचओको नेतृत्वमा कम आय भएका मुलुकलाई कोरोनाविरुद्धको खोप पुर्‍याउने अभियान हो । कोभिड १९ को महामारी सुरु भएपछि विभिन्न देशका एजेन्सीहरु खोपको अनुसन्धान तथा निर्माणमा लागेका थिए ।

खोप बनिसकेपछि त्यसको प्रयोग धनी तथा गरीव देशहरुले समुचित रुपमा पाउन भनेर विश्व स्वास्थ्य संगठन, युनिसेफ, विल एण्ड मिलिन्डागेट्स फाउन्डेशन, विश्व बैंक लगायतका विभिन्न १० वटा संस्थाको सहकार्यमा बनेको गाभी एलायन्सले ‘कोभ्याक्स एसोसिएसन’ निर्माण गरी खोप वितरण गर्न थालेको हो ।

Last modified on 2021-03-08 06:42:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts