प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्दको खोप



Download our app to get more features

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्दको खोप लगाएका छन्। प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर कोरोना खोप लगाएका हुन्।
कोरोना भाइरसविरुद्दको खोप लगाएका प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट बालुवाटार फर्किएका छन्। उनले खोप अभियानलाई सफल पार्न सबैलाई खोप लगाउन पनि आग्रह गरेका छन्। 

'मैले कोभिडको भ्याक्सिन लगाएँ, अहिले कुनै कम्प्लिकेसन छैन, सबैले खोप लगाएर खोप अभियानलाई सफल पारौं, प्रधानमन्त्री ओलीले भने।

 प्रधानमन्त्रीले खोप लगाइसकेपछि ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउने काम सुरु भएको छ। ६५ वर्ष माथिका करिब १७ लाख जनसंख्या रहेको बताइएको छ।

खोप अभियान सञ्चालनका लागि ६ हजार खोप केन्द्रको स्थापना गरिएको स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए। प्रतिदिन २ देखि ३ लाख जनालाई खोप लक्ष्य राखिएको उनले बताए। सचिव अर्यालका अनुसार प्राथमिकता निर्धारण गरेका सबैले चैतसम्म पहिलो मात्रा पाउनेछन्।

दोस्रो प्राथमिकतामा परेकाहरुको यो अभियान अन्तर्गत ५५ वर्षदेखि ६४ वर्षका नागरिकले भने १० दिनपछि मात्र खोप लगाउन पाउने छन्।

Last modified on 2021-03-08 10:53:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts