प्रधानमन्त्री ओलीले आज कोरोना विरुद्धको खोप लगाउँदै



Download our app to get more features

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोनाभाइरसविरुद्धको खोप लगाउने भएका छन् । 

आज बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर उनले खोप लगाउने बताइएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड–१९ खोप अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनबारे जानकारी दिएका थिए ।

प्रधानमन्त्री ओलीले खोप लगाएसँगै कोरोनाविरुद्धको खोप लगाउने अभियानको दोस्रो चरण सुरु हुनेछ ।

सरकारले आजबाट ६५ वर्षमाथिका १६ लाख बढी ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम सुरु गर्दै छ । 

Last modified on 2021-03-07 12:08:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts