नेपाल पेडीयाट्रीक सोसाईटीको अध्यक्षमा डा. राई



Download our app to get more features

काठमाडौं, २२ फागुन । नेपालका बाल चिकित्सकहरुको पेशागत संस्था नेपाल पेडियाट्रिक सोसाईटी (नेपास)को अध्यक्षमा बरिष्ठ बालरोग विशेषज्ञ डा. गणेशकुमार राई निर्वाचित भएका छन् ।

आज विहान ८ बजे देखि अपरान्ह ४ बजेसम्म भएको कार्यकारिणी समितिको अनलाइन माध्यमबाट गरिएको निर्वाचनमा डा. राई निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी उपाध्यक्षमा डा. कैलाश प्रसाद साह निर्वाचित भएका छन् । उनले १९९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

महासचिव डा. कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् । उनी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै कोषाध्यक्षमा डा. रामहरि चापागाईँ पनि निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सचिव पदमा डा विष्णुरथ गिरी निर्वाचित भएका छन् । उनले १७६ मत प्राप्त गरेका थिए । यस्तै सह कोषाध्यक्ष पदमा डा. राजु काफ्ले बिजयी भएका छन् । उनी पनि निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा डा सुमित अग्रवाल २४४ मत, डा. स्मृति माथेमा २३६ मत, डा प्रकाश जोशी २२४ मत, डा. संगिता शाक्य २१३ मत, डा. ओमकृष्ण पाठक २०७ मत र डा. दीपक राजभण्डारी १८७ मतका साथ विजयी भएका छन् । यस्तै डा महेशकुमार गौतम १८६ मत र डा. अंशु झा पनि १८२ मतका साथ सदस्य पदमा निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिको पदावधि दुई बर्षको हुनेछ ।

Last modified on 2021-03-07 08:10:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts