देशभर ४७ जना कोरोना संक्रमित थपिए, ६२ जना डिस्चार्ज

काठमाडौं, २२ फागुन । पछिल्लो २४ घण्टामा देशभर ४७ जना कोरोना संक्रमित थपिएका छन् ।
देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ५ सय ३५ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप ४७ जनाको कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६ सय ५५ पुगेको छ ।
त्यस्तै, गएको २४ घण्टामा देशभरबाट थप ६२ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ८ सय २८ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ८ सय १७ रहेको छ । क्वारेनटिनमा ५५जना रहेका छन् । गएको २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ ।
Last modified on 2021-03-07 08:10:22