प्रधानमन्त्री ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने



Download our app to get more features

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने भएका छन्। बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीले खोप लगाउने शनिबार आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए।

ओलीले कोरोनाविरुद्धको खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गर्ने त्रिपाठीले जानकारी दिए । यस्तै आइतबार कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने पनि मन्त्री त्रिपाठीले जानकारी दिए। कोभ्याक्स सुविधाअन्तर्गत आउने कोरोना खोप कोभिसिल्ड नै भएको उनले जानकारी दिए।

सरकारले फागुन २३ देखि दोस्रो चरणमा कोरोना खोप लगाउँदै छ। दोस्रो चरणमा यसअघि ५५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिकलाई खोप लगाइने बताएको सरकारले अब ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै खोप लगाउने बताएको छ। 

६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप अभियान सुरू हुँदैछ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts