खोप अभियानलाई लक्षित गर्दै स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ दैनिक हुने



Download our app to get more features

काठमाडौं, २१ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियानलाई लक्षित गर्दै दैनिक प्रेस ब्रिफिङ गर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दोस्रो प्राथमिकतामा परेकाहरुका लागि फागुन २३ गते आइतबारदेखि सुरु हुने खोप अभियानलाई लक्षित गर्दै दैनिक प्रेस ब्रिफिङ गर्ने बताएका हुन ।

डा. गौतमले भने, ‘विगतका केही हप्तादेखि हामीले हप्ताको दुई पटक आइतबार र बुधबार गर्दै आएको प्रेस ब्रिफिङलाई कोभिड–१९ को खोप अभियानलाई मध्येजनर राखी आजको मितिबाट करिब तीन हप्ता दैनिक गर्दैछौं ।’

उनले हरेक दिनको पत्रकार सम्मेलनमा खोप अभियानको विषयमा सरकारको नीति, योजना, गतिविधि, उपलब्धी र चुनौतीबारे नियमित रुपमा सूचना तथा जानकारीमूलक सन्देश दिने बताए । 

 कोरोना संक्रमणबाट बच्न खोप लगाउनु अघि र खोप लगाएपछि पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्न डा गौतमले आग्रह गरे ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts