खोप आउन ढिलाई हुँदा दोस्रो चरणको पहिलो प्राथमिकतामा ६५ बर्ष माथिका परे



Download our app to get more features

काठमाडौं, २१ फागुन । सरकारले आगामी २३ फागुन देखि शुरु गर्न लागेको कोभिडबिरुद्धको खोपको दोस्रो चरणको अभियानमा पहिलो प्राथमिकतामा ६५ बर्ष माथिकालाई राखेको छ । तोकिएको समयमा सम्झौँता अनुसारको खोप नआएपछि यसअघि ५५ बर्ष माथिकालाई दिईने भनेर गरिएको निर्णयलाई संसोधन गरी ६५ बर्ष पुर्‍याएको हो ।

यसअघि सरकारले दुई साता भित्र २० लाख डोज कोभिसिल्ड ल्याईपुर्‍याउने गरी सिरम इन्स्टीच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी गरेको थियो । सिरमले सम्झौँता अनुसार १० लाख डोज पठाएपनि दोस्रो डोज समयमै पठाउन सकेन ।

 पहिलो दोस्रो चरणको पहिलो प्राथमिकतामा ६५ बर्ष माथिकाहरुलाई राखिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले बताए ।  उनले ८ – १० दिनमा यो उमेर समूहकाले पाईसक्दा थप खोप पनि आईसक्ने भएकोले सोही अनुसार योजना परिवर्तन गरिएको स्पष्ट पारे ।

सिरमले  सम्झौँता अनुसार बुधबारसम्म थप १० लाख डोज पठाउनै पर्ने थियो । तर पठाउन सकेन । अब आउँदो आईतबारसम्म पठाउछु भनेर आश्वासन दिएको छ ।

। यता स्वास्थ्य मन्त्रालयमा बिहीबार बसेको मन्त्री सचिव, प्रमुख विशेषज्ञ, विज्ञहरु सम्मिलित बैठकले हिमाली जिल्ला र हिमाली भेगमा भने २३ फागुन देखि नै ५५ बर्ष माथिकालाई खोप दिईने बताएको छ ।

महानिर्देशक डा. सिंहले शिक्षक प्राध्यापक तथा सवारी चालकहरुलाई पनि ६५ बर्ष माथिको उमेर समूहले खोप पाईसकेपछि मात्रै दिने योजना बनाइएको जानकारी दिए । 

Last modified on 2021-03-05 18:07:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts