अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड मुस्कान खातुनलाई
काठमाडौं, २१ फागुन । अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने इन्टरनेशनल विमेन अफ करेज अवार्ड (अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड) यस वर्ष मुस्कान खातुनलाई दिइने भएको छ ।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले ट्विट् गर्दै यसबारेमा जानकारी दिएका हुन् । अवार्ड पाउने खातुन नेपालकै पहिलो हुन् । उनी यो अवार्ड जित्ने सबैभन्दा कम उमेरकी पनि हुन् ।
एसिड आक्रमण अन्त्यका लागि खातुनले गरेको कामको कदर गर्दै उनलाई यो अवार्ड दिइन लागिएको जनाइएको छ । उनीमाथि गत वर्ष एसिड आक्रमण भएको थियो ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर २४ फागुनमा यो अवार्ड प्रदान गरिने छ ।
Last modified on 2021-03-05 18:07:18