स्नातकोत्तर तहको चिकित्सक नाम दर्ता परीक्षाको पूर्णाङ्क १ सय २० पुग्यो



Download our app to get more features

काठमाडौं, २० फागुन । नेपाल मेडिकल काउन्सिलले स्नातकोत्तर तहको चिकित्सक नाम दर्ता (लाइसेन्स) का लागि लिइने विशेष परीक्षाको पूर्र्णाङ्क थप गरेको छ ।

काउन्सिलका रजिस्ट्रार डा. कृष्ण प्रसाद अधिकारीले यसअघि एक सय पूर्णा्ङकको अबदेखि १ सय २० पूर्णाङ्कको हुने बताए ।

उनले परीक्षाको पूर्णाङ्क थप गरिएपनि समय भने पहिला झैं २ घण्टा नै रहने प्रस्ट पारे ।

डा. अधिकारीले थप गरिएको पूर्णाङ्कमा २० वटा प्रश्नहरु अब्जेक्टिब र एक उत्तर वस्तुगत हुने पनि बताए । 

Last modified on 2021-03-04 15:56:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts