सेप्टेम्बरसम्म जोखिममा रहेका सबैलाई कोरोना विरुद्धको खोप लगाईसक्छौंः मन्त्री त्रिपाठी



Download our app to get more features

काठमाडौं, २० फागुन । सरकारले आगामी सेप्टेम्बरसम्म जोमिमा रहेका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइसक्ने दावी गरेको छ ।

सरकारले सुरु गरेको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत सन् २०२१ को सेप्टेम्बरसम्ममा सबै जोखिममा रहेका सबै समूहका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइसक्ने दावी गरेको हो ।

स्वाथ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले सरकारले लिएको लक्ष्य अनुसार आगामी सेप्टेम्बरसम्म नेपालको कुल जनसंख्याको ७२ प्रतिशत नागरिकलाई कोरोना विरुद्धको खोप लगाइसक्ने बताए ।

उनले सरकारले पाएको अनुदान र खरिद गरेर आगामी सेप्टेम्बरसम्म मुलुकभरका ७२ प्रतिशत अर्थात् जोखिममा रहेका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइसक्ने बताए ।

उनले भने, सिमित देशले सिमित मात्रामा कोरोना विरुद्धको खोप विकास गरेकाले सरकार खोप खरिदका लागि चरणवद्ध रुपले अघि बढ्दैछ । कोभ्याक्स र सरकार सरकारबीचको समन्वयमा गरेर खोप ल्याउने प्रक्रिया अघि बढेको छ । हामी सेप्टेम्बरसम्म जोखिम र आवश्यकता परेकालाई खोप लगाइसक्नेछौं ।

मन्त्री त्रिपाठीले चीन सरकारले पनि अनुदानमा खोप दिने भनेपछि प्रभावकारितको आधारमा खोप खरिदका लागि बाटो खुलाएको भन्दै नेपालका सबै नागरिकलाई कोरोनाको जोखिमबाट बचाउन खोप खरिद गर्न सरकार अग्रसर रहेको उल्लेख गरे ।

सरकारले माघ १४ गतेबाट सुरु गरेको कोरोना विरुद्धको खोप अभियान सुरु गरेको छ । विभिन्न चरणमा सुरु गरिएको खोप अभियानमा उत्साहजनक सहभागिता देखिएको भन्दै मन्त्री त्रिपाठीले खोपको प्रभावकारितामा कुनै आशंका नगर्न र निर्धक्कसँग खोप लगाउन सबैलाई आग्रह पनि गरे ।

मन्त्री त्रिपाठीले बुधवार कोरोना विरुद्धको खोप लगाएका छन् । 
 

Last modified on 2021-03-04 16:03:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts