नेपाल चिकित्सक संघले आज ७१ औं स्थापना दिवस मनाउँदै

काठमाडौं, २० फागुन । नेपाल चिकित्सक संघ (एनएमए) ले आज ७१ औं स्थापना दिवस मनाउँदैछ ।
२००७ साल फागुन २० गते स्थापना भएको संघले चिकित्सकहरुको एकता भएको दिनको रुपमा स्मरण गर्दै दिवस मनाउँदै आएको छ ।
संघले आज विभिन्न कार्यक्रमको आयोजना गरी कार्यक्रम मनाउन थालेको हो ।
संघका महासचिव डा. बद्री रिजालका अनुसार आज दिउँसो १ बजेदेखि ३ बजेसम्म रक्तदान कार्यक्रम, दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म मेडिकल जर्नालिजम प्यानल डिसकसन र साँझ ५ बजेदेखि राति ८ बजेसम्म औपचारिक कार्यक्रमको आयोजना गरिएको छ ।
संघले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागेको पनि बताएको छ । साथै कार्यक्रममा सहभागि हुने चिकित्सकहरुलाई नाम दर्ता गराउन पनि आग्रह गरेको छ ।
Last modified on 2021-03-04 07:54:04