झापा पुगेर प्रधानमन्त्री ओलीले भनेः बी एण्ड सीले चाँडै सम्बन्धन पाउँछ
झापा, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले झापा पुगेर बी एण्ड सीले चाँडै सम्बन्धन पाउने बताएका छन् ।
बिर्तामोड नगरपालिका वडा नं. ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न प्रधानमन्त्री ओली मंगलवार झापा पुगेका हुन् ।
गत वर्षदेखि बिर्तामोडमा सञ्चालनमा आएको पूर्वाञ्चल क्यान्सर अस्पतालको निर्माण कार्य सम्पन्न भएसँगै प्रधानमन्त्री ओलीले औपचारिक रुपमा अस्पतालको उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि उनले परिसरमा रहेको शिलालेख अनावरण गरी कक्षहरु अवलोकन पनि गरेका थिए ।
तीन सय शय्याको सो अस्पताल ६ करोड भन्दा बढी लगानीमा व्यवसायी दुर्गा प्रसाईंले स्थापना गरेका हुन् ।
बी एण्ड सी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल एउटै परिसरमा रहेको छ ।
एक वर्षको अवधिमा करिब दुई हजार सात सय बिरामीले अस्पतालबाट सेवा लिएका छन् । जसमध्ये करिब एक हजार तीन सय झापाकै बासिन्दा रहेको बताइएको छ ।
यस्तै यस अस्पताललाई केयु अन्तर्गत टिचिङ्ग अस्पालतको मान्यता दिइने चर्चा पनि भइरहेको छ ।