चैत्र १ देखि चिकित्सक परामर्श शुल्क बढाउने



Download our app to get more features

काठमाडौं, १७ फागुन । एसोसिएन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन)ले चिकित्सक परामर्श शुल्क चैत्र १ गते देखि कार्यन्वयन गर्न अनुरोध गरेको छ।

अफिनले एक विज्ञप्ती जारी गर्दै फागुन मसान्तसम्म पनि शुल्क निर्धारण सम्बन्धी कुनै पहल नभएमा चैत्र १ गते हाल सालै सार्वजानिक भएको शुल्क लिन अनुरोध गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परामर्श शुल्कको विषयमा कुनै छलफल नभएको अफिनले जनाएको छ। 

फागुन ४ मा नेपाल चिकित्सक संघ र अफिनको संयुक्त बैठकबाट नेपाल राष्ट्र बैंकको मुद्रा स्पीति दर तथा शुल्क निर्धारण समितको सिफारिसलाई नै आधार मानी नयाँ परामर्श शुल्क सार्वजानिक गरेको थियो।

जसअनुसार एमबीबीएस र बीडीएस चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ३७० र ५ वर्षभन्दा बढी अनुभव भएकाहरुले ४५० रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन्।

यस्तै, डिप्लोमा चिकित्सकहरु ५वर्ष अनुभव भएकाले ५१५ र त्यसभन्दा बढीअनुभव भएकाहरुले ५९० शुल्क लिन पाउनेछन्। एमडी, एमएस र एमडीएस चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ६६० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ७०० रुपैयाँ शुल्क लिन पाउनेछन्।

डीएम तथा एमसिएच गरी ५ वर्ष अनुभव भएकाहरुले परामर्श शुल्कवापत् ७७० रुपैयाँ लिन पाउनेछन्।

डीएम तथा एमसिएच गरी ५ वर्षभन्दा बढी अनुभव भएका तथा एमडी एमएस, एमडीएस गरी १० वर्षभन्दा बढी अनुभव भएकाहरुले ८२५ रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन्। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts