कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार हुँदै



Download our app to get more features

काठमाडौं, १७ फागुन । मस्तिष्काघात भएर नर्भिक अस्पताल भर्ना भएका कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्थामा सुधार देखिएको छ।

 उपचारमा संलग्न न्यूरो विशेषाज्ञ डा. राजीव झाका अनुसार स्वास्थ्यमा थोरै सुधार देखिएको हो। उनको शरीरको दायापट्टीको भाग थोरै चलेको उनले बताए।

‘दाया साइडमा हिजो अलिअलि मुभमेन्ट थियो। त्यो आज बढेको छ। आज हातखुट्टा चल्ने अली बढी देखिएको छ। तर, खतरामुक्त भइसकेको छैन’, उनले भने।

जोशीलाई मस्तिष्कघात भएको छ। उनको मस्तिष्कमा जमेको रगत र पानी  झिकिसकेको छ। जोशीको नर्भिकको भेन्टिलेटरमा उपचार भइरहेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts