निःशुल्क मेडिकल सेवा दिने चिकित्सक डा.उप्रेतीको निधन

काठमाडौं, १६ फागुन । डा. शंकरप्रसाद उप्रेतीको ८८ वर्षको उमेरमा निधन भएको छ। आधा शताब्दी बढी निःशुल्क मेडिकल सेवा दिने चिकित्सक डा. उप्रेतीको शनिबार राति निधन भएको हो।
उप्रेतीले आत्मसंस्मरणको कृति ‘जीवन एक सपना’मा आफ्नो संघर्षमयी जीवनयात्राको बारे उल्लेख गरेका छन्। उनले भारतको कानपुरबाट २०१७ सालमा एमबिबिएस पढाइ पूरा गरेका थिए।
साहित्यकार कृष्ण धराबासीका अनुसार आइतबार बिहान ८ः३० बजे पशुपति आर्यधाटमा उप्रेतीको दाहसंस्कार गरिएको छ। उनलाई झापा जिल्लामा ‘आदर्श डाक्टर बा’ का उपनामले पनि चिनिन्छ।
उप्रेती प्रजातन्त्र पुनस्स्थापनापछि नेपाली कांग्रेसकातर्फबाट राष्ट्रिय सभा सदस्यसमेत बनेका थिए।