थप ८ लाख २४ हजार डोज कोरोना खोप अनुदानमा नेपाल आउँदै



Download our app to get more features

काठमाडौं, १६ फागुन । नेपालले केही दिनमा थप ८ लाख २४ हजार डोज कोभिड १९ बिरुद्धको खोप अनुदान सहयोगमा पाउने भएको छ । ५ लाख डोज चीन सरकारको सहयोगमा र ३ लाख २४ हजार डोज खोप कोभ्याक्स फ्यासिलिटी अन्तरगर्त पाउने भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

कोभ्याक्स अन्तरगर्त कुल २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप अनुदानमा आउने भनिएपनि तत्काल भने नेपालले ३ लाख २४ हजार डोज खोप पाउने भएको छ ।

आगामी २३ फागुन देखि समुदायस्तरमा कोभिडबिरुद्धको खोप लगाउने तयारी थालेको सरकारले यसअघि भारतबाट अनुदान पाएको ५ लाख र त्यहिबाट खरीद गरेको थप २० लाख डोज प्रयोगमा आउने बताएको छ ।

त्यसबाहेक चिनिया खोप र कोभ्याक्सबाट आउने अनुदानको खोप पनि अभियानका लागि सहयोग हुने भन्दै गणना गरेको छ । नेपाल सरकारले अहिले चिनियाँ खोप र भारतको सिरम इन्स्टीच्युटबाट उत्पादित कोभिशिल्ड खोप प्रयोगका लागि अनुमति दिएको छ ।

सरकारले गत १४ माघ देखि कोरोनाबिरुद्धको खोप अभियान शुरु गरेको छ । अहिलेसम्म करीब ५ लाख जनताले खोप लगाइसकेका छन् ।

Last modified on 2021-03-01 06:40:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts