वायुसेवा निगमको जहाजबाट कोरोना पोजेटिभ व्यक्ति दिल्ली पुगे



Download our app to get more features

काठमाडौं, १५ फागनु । नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौंबाट दिल्ली पुगेका एकजना यात्रुको साथमा कोरोना पोजेटिभ रिपोर्ट फेला परेको छ ।

शुक्रबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलस्थित निगमका कर्मचारीको लापरबाहीका कारण पोजेटिभ रिपोर्ट आएका यात्रुलाई समेत जहाज चढाएको अनुमान छ ।

 दिल्ली पुगेको जहाजमा कुल १४१ यात्रु थिए। कोभिड १९ पोजेटिभ रिपोर्ट बोक्ने यात्रु महिला हुन् । उनको साथ र आसपास बस्ने ११ जना यात्रुलाई आइसोलेसनमा पठाइएको छ ।

कोभिड १९ पोजेटिभ रिपोर्ट भएका यात्रुलाई जहाज चढाउन पाइँदैन । नेपाल आउने र बाहिरिने सबै यात्रुको साथमा ७२ घन्टा भित्रको पिसिआर नेगेटिभ रिपोर्ट हुनुपर्छ ।

नेपाल एयरलाइन्सकि प्रवक्ता करिष्मा श्रेष्ठले यात्रुको साथमा कोभिड पोजेटिभ रिपोर्ट भएको खबर आएको पुष्टिगरिन । तर उनले आधिकारिक पत्र भने नभएको बताएकीछन् । 

नेपाल एयरलाइन्सका कर्मचारीको लापरबाहीका कारण यसअघि पनि पटकपटक कम्पनीले कारबाही भोग्नु परेको छ ।

Last modified on 2021-03-01 06:40:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts