चैत्र २० देखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै



Download our app to get more features

काठमाडौं, १४ फागुन । हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन अभियान यो वर्ष आगामी चैत्र २० देखि सञ्चालन हुने भएको छ। सरकारले फागुन २९ गतेबाट हात्तीपाइलेको औषधि खुवाउने योजना बनाएको थियो।

तर, कोरोना विरुद्धको खोप अभियान सञ्चालन भइएको कारणले केही समयपछि मात्रै औषधि खुवाइने स्वास्थ्य सेवा विभागअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जनाएको छ।

महाशाखका अनुसार हात्तीपाइले रोगविरुद्वको औषधि खुवाउन १२ जिल्लामा खुवाइन लागिएको हो। अभियान सञ्चालन हुने जिल्लामा झापा,मोरङ, लम्जुङ, पर्वत, बाग्लुङ, दाङ, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली रहेका छन्। महाशाखाले चैत्र मसान्तसम्म औषधि खुवाइसक्ने जनाएको छ।

जाडोमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुष अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु र पछि हाइड्रोसिल अर्थात् अण्डकोष वरिपरी पानी भरिएर ठूलो हुनेजस्ता लक्षण देखिएमा हात्तीपाइले (फाइलेरिया) भएको हुनसक्छ ।

नेपालमा हात्तीपाइले रोग उचेरेचिया काँक्राफ्टि परजीविको सङ्क्रमणबाट फैलिएको पाइएको छ । सङ्क्रमित भएको मान्छेको शरीरमा खासगरी रातिको समयमा छालामुनि रहेको रगतको नलीमा माइक्रोफाइलेरिया प्रवेश गरी बस्ने हुँदा सो समयमा क्यूलेक्स या अन्य जातको लामखुट्टेबाट सङ्क्रमण फैलने गर्दछ ।

विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगका रूपमा चिनिएको यो रोगको नेपालका ६१ जिल्लामा सङ्क्रमण देखिएपछि सरकारले सन् २००३ देखि निवारणका लागि औषधि सेवन गराउने कार्य सुरु गरेको थियो ।

सन् २०२० सम्म नेपालबाट पूर्णरूपमा यो रोग निवारण गर्ने लक्ष्य राखेको थियो। तर, २०२० का लागि राखिएको निवारण लक्ष्यमा सरकार विफल भएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts