कांग्रेस नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पतालमा उपचार हुँदै
काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।
उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ । जोशीलाई गएराति स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएकोमा अहिले नर्भिक अस्पतालमा लगिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ ।
चिकित्सकले मस्तिष्कमा रगत जमेको बताएका र अप्रेसनको तयारी भइरहेको जोशीका सहयोगी सुशान्त आचार्यले बताए।