औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत घुसहित प्रक्राउ
विराटनगर, १३ फागुन । औषधि व्यवस्था विभाग विराटनगरका एक अधिकृत घुसहित पक्राउ परेका छन्।
विभागका फार्मेसी अधिकृत सरोज सुवेदी बिहीबार घुससहित पक्राउ परेका हुन्।
अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयको विशेष टोलीले अधिकृत सुवेदीलाई घुसवापत लिएको दुई लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको अख्तियार इटहरीका प्रवक्ता नारायाण प्रसाद रिजालले बताए।
मोरङको उर्लाबारी नगरपालिका–५ घर भएका उनी विभागमा करारमा कार्यरत छन्।