सरकारले कोरोनाका कारण मृत्यु हुने तथ्यांक अद्यावधिक गर्दै थप्यो ८३ नयाँ संख्या
मृत्यु हुने दर १ प्रतिशत पुग्यो
काठमाडौं, १३ फागुन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने दर १ प्रतिशत पुगेको छ ।
सरकारले कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या थपेसँगै मृत्यु हुने दर १ प्रतिशत पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरण अनुसार थप ८३ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक कुल मृत्यु हुनेको संख्यामा थप गरिएको छ ।
यस्तै गत २४ घन्टामा थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या अद्यावधिक गर्दै थपेको छ । मृत्यु हुने संख्या थपिएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ७ सय ६७ पुगेको छ । यो दर कुल संक्रमितको १ दशमलव १ प्रतिशत हो ।
Last modified on 2021-02-26 09:23:14