विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको धुली मावि बन्द



Download our app to get more features

बझाङ, १२ फागुन । विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ। 
करिब एक हप्तादेखि विद्यार्थी र शिक्षकहरु एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो। 
बिरामी विद्यार्थी र शिक्षकहरुमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी लाग्ने र घोरिरहने जस्ता लक्षण देखिएको धुली माविका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट भोटेले बताए। 
विद्यालयमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र केही शिक्षकहरुमा यस्ता लक्षण देखिएका हुन्। एक हप्तासम्म औषधी उपचार गर्दा पनि विरामी विद्यार्थी र शिक्षकलाई ठिक नभएपछि बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द गरेको हो।
२ सय ४५ जना विद्यार्थी र ११ जना शिक्षक रहेको धुली माविले नजिकै रहेको धुली सामुदायिक स्वास्थ्य केन्द्रबाट उपचार गर्न खोजे पनि बिरामीमा कुनै परिवर्तन नआएको बताइएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts