सरकारले कोरोनाका कारण मृत्यु हुने संख्या अद्यावधिक गर्यो, थपियो ६ सय १८ मृत्यु संख्या
काठमाडौं, १२ फागुन । सरकारले कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय १९ ले थपेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको तथ्यांक अद्यावधिक गरिएको छ । जसमा थप ६ सय १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको बताइएको छ ।
सरकारले मृत्यु हुनेको संख्या थपेसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि बढेको छ । मन्त्रालयको नयाँ तथ्यांक अनुसार नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ६ सय ८४ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले घरभित्रै बसेकाहरुको मृत्यु भएको विवरण अद्यावधिक गर्दा थप ६ सय १९ जनाको मृत्यु भइसकेको बताए । उनले घरभित्रै बसेकाहरुको कोरोनाका कारण मृत्यु भएको विषयमा गरिएको अध्ययनमा यो संख्या थपिएको पनि प्रष्ट पारे ।
थप ६ सय १९ जनाको मृत्यु संख्या थपेसँगै मृत्यु हुने दर पपनि १ प्रतिशत नजिक पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाका कारण मृत्यु हुने दर शून्य दशमलव ९८ प्रतिशत पुगेको छ ।
गत २४ घन्टामा भने १ जनाको मात्रै मृत्यु भएको छ । हाल नेपालभर कोरोनाका कारण संक्रमित भएकामध्ये ४४ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।