पर्सामा एक वर्षको अवधिमा २४ जनामा एचआईभी संक्रमण देखियो
पर्सा, १२ फागुन । पर्सामा एक वर्षको अवधिमा २४ जना नयाँ एचआईभी संक्रमित फेला परेका छन् ।
विद्यार्थी जागरण मञ्च (विजाम) ले सन् २०२० मा समुदायस्तरमा गरेको एचआईभी परीक्षणका क्रममा २४ जनामा एचआईभी संक्रमण देखिएको हो ।
सन् २०१८ देखि विजामले समुदायस्तरमै गएर एचआईभी परीक्षण गर्न सक्नेगरी तालिम प्राप्त ७ जना प्राविधिक जनशक्ति परिचालन गरिरहेको छ । विजामले शंकास्पद व्यक्तिको रगत लिएर समुदायमै परीक्षण गरी २० मिनेटभित्र नतिजा दिने गरेको छ ।
विजामका कार्यक्रम संयोजक अनोजकुमार खड्काले सन् २०२० मा १ हजार २ सय ९५ जना लागूऔषध प्रयोगकर्ताहरूको एचआईभी परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको बताए । बाँकी १९ जना भने अन्य व्यक्ति रहेको उनको भनाइ छ ।
लागूऔषध प्रयोगकर्तामा भने तीन वर्षमा पहिलोपटक ६ जनामा संक्रमण पुष्टि भएको खड्काले बताए ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा हाल ४ सय ६६ जना एचआईभी संक्रमितले एआरटी सेवा लिँदै आएका छन् ।