सरकारले सुरु गरेको खोप अभियान अन्तर्गत ४ लाख भन्दा बढीले लगाए कोरोना विरुद्धको खोप



Download our app to get more features

काठमाडौं, १२ फागुन । सरकारले सुरु गरेको खोप अभियान अन्तर्गत हालसम्म ४ लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत माघ १४ गतेबाट सुरु गरेको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत दुई चरणमा सकिएको खोप अभियानमा ४ लाख २८ हजार ९ सय २४ जनाले खोप लगाएका छन् ।

मुलुकभर रहेका १ सय ६५ खोप केन्द्रबाट जारी खोप अभियानमा पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकामध्ये २ लाख ४० हजार ३ सय ६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । जबकी पहिलो चरणको पहिलो प्राथमिकतामा परेकामध्ये १ लाख ८४ हजार ८ सय ५७ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए । 

सरकारले पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, कारागारका कर्मचारी, कैदी र एम्बुलेन्स तथा शव वाहन चालकलाई खोपको प्राथमिकतामा राखेको थियो । 

यस्तै पहिलो चरणको दोसो प्राथमिकतामा निर्वाचित जनप्रतिनिधि, सरकारी सेवामा कार्यरत कर्मचारी, नेपाल प्रहरी, नेपाल आर्मी, बैंकका कर्मचारी, नीजि संस्थामा कार्यरत कर्मचारी, अदालतहरुमा कार्यरत कर्मचारी, पत्रकार लगायतले खोप लगाएका छन् ।
 

Last modified on 2021-02-25 07:46:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts