थप ४ जनाको कोरोनाका कारण मृत्यु, संस्थागत आइसोलेसनमा बस्नेको संख्या बढ्यो



Download our app to get more features

काठमाडौं, ११ फागुन । नेपालमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ६५ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७५ प्रतिशत हो ।

यस्तै हाल नेपालभर ४६ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने १२ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

हाल नेपालभर रहेका सक्रिय संक्रमित मध्ये १ हजार ६ जना संस्थागत आइसोलेसनमा छन् भने ५ सय २७ जना मात्रै होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो समय नेपालमा संस्थागत आइसोलेसनमा उपचार गराउने बिरामीको संख्या वृद्धि हुँदै गएको छ भने होम आइसोलेसनमा बस्ने संक्रमितको संख्यामा कमी हुँदै गएको छ ।

एक साता अघि नेपालभर रहेका सक्रिय संक्रमितमध्ये ९ सय ९१ जना संस्थागत आइसोलेसनमा थिए भने हाल त्यो संख्या बढेर १ हजार ६ पुगेको छ ।

Last modified on 2021-02-24 08:16:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts