नेपाल मेडिकल काउन्सिलले लिएको एमबीबीएसको लाइसेन्स परीक्षामा ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं, ११ फागुन । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस तर्फ लिएको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ५५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
काउन्सिले मंगलवार सार्वजनिक गरेको नतिजा अनुसार एमबीबीएस तर्फ ५५ दशमलव ६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
यस्तै बीडीएस तर्फ ४ दशमलव ८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
काउन्सिलले यहि फागुन ९, १० र ११ गते एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा लिएको थियो ।
काउन्सिलका अनुसार एमबीबीएस तर्फ १ हजार १ सय ६४ जना र बीडीएस तर्फ २ सय १० जना विद्यार्थी सहभागि भएका थिए । तीमध्ये एमबीबीएसमा ६ सय ५४ र बीडीएसमा ९४ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
Last modified on 2021-02-24 06:55:41