लुम्बिनी प्रदेशमा दोस्रो चरण अन्तर्गतको खोप अभियानमा ४२ हजारभन्दा बढीले लगाए खोप



Download our app to get more features

रुपन्देही, ११ फागुन । लुम्बिनी प्रदेशमा दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत ४२ हजारभन्दा बढीले खोप लगाएका छन् ।
 
पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका स्थानीय जनप्रतिनिधि, बैंकका कर्मचारी, सफाइकर्मी, पत्रकार लगायतका व्यक्तिहरु गरी लुम्बिनी प्रदेशमा दोस्रो चरण अन्तर्गतको खोप अभियान अन्तर्गत ४२ हजार ५ सय १० जनाले खोप लगाएका छन् । 

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोद कुमार गिरीका अनुसार रुपन्देही जिल्लामा ७ हजार ५ सय ६, कपिलवस्तुमा ६ हजार १ सय ५४, दाङमा ४ हजार ३ सय ३३, बाँकेमा ४ हजार ८ सय ६६, बर्दियामा ४ हजार ७ सय ७६, पश्चिम नवलपरासीमा ३ हजार ५ सय ८९, अर्घाखाँचीमा १ हजार ८ सय ६०, पाल्पामा २ हजार ४ सय ६०, गुल्मीमा २ हजार ४ सय ३०, पुर्वी रुकुममा ४ सय १०, रोल्पामा १ हजार ९ सय ७६, प्यूठानमा १ हजार ९ सय ७९ जनाले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिए ।

डा. गिरीले अहिले लुम्बिनी प्रदेशमा लक्ष्यभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएको भन्दै रुपन्देहीमा सबैभन्दा बढी ९० प्रतिशतले खोप लगाएको उल्लेख गरे । यस्तै कपिलवस्तु, दाङ, बाँके, बर्दिया, नवलपरासीमा शतप्रतिशत, रुकुममा ८० प्रतिशत र अन्यमा ९० प्रतिशतभन्दा बढीले खोप लगाएको पनि उनले बताए ।

प्रयोगमा ल्याईएको कोरोना विरुद्धको खोप खेर जाने दर न्यून रहेको र लुम्बिनी प्रदेशमा २५ खोप केन्द्रबाट खोप लगाउने काम भइरहेको पनि जानकारी गराए ।

लुम्बिनी प्रदेशमा ४४ हजार २ सय २३ जनालाई खोप लगाउने लक्ष्य भएपनि ४२ हजार ५ सय १० जनाले खोप लगाएका छन् । लुम्बिनी प्रदेशमा पहिलो चरणको खोप ९० प्रतिशतभन्दा बढीले लगाएको डा. गिरीले बताए ।

Last modified on 2021-02-23 17:19:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts