२४ घन्टामा थपिए १ सय २५ नयाँ संक्रमित, मृत्यु हुने संख्या शून्य



Download our app to get more features

काठमाडौं, १० फागुन । नेपालमा थप १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ३ हजार ६ सय ८१ पिसिआर परीक्षण गर्दा ४४ हजार महिला र ८१ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप ९० जना कोरोना संक्रमित स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ९ सय ६६ पुगेको छ । यो दर ९८ दशमलव ७ प्रतिशत हो ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय २९ रहेको छ । जसमा ९ सय ९५ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ५ सय ३४ जना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै गत २४ घन्टामा कसैको पनि कोरोनाका कारण मृत्यु भएको छैन र नेपालमा २ हजार ६१ जनाको हालसम्म मृत्यु भएको छ ।

हाल नेपालभर कोरोनाका कारण संक्रमित भएकामध्ये ११ जना भेन्टिलेटरमा उपचाररत छन् भने ४३ जनाको उपचार आइसीयूमा भइरहेको छ ।

Last modified on 2021-02-23 06:05:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts