कैलालीमा एकजना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

 धनगढी, १० फागुन । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–२ का ७० वर्षीय पुरुषको सोमबार बिहान ५ बजेतिर मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। 

उनकाअनुसार कडा खालको निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि फागुन ३ गतेदेखि ती संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

सुदूरपश्चिममा कोरोना संक्रमितको मृत्यु शून्यमा झरेको लामो समयपछि पुनः एकजनाको मृत्यु भएको हो।


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts