स्तरवृद्धिका लागि १७३ जना पारामेडिक्स र ३२ जना अनमीको विवरण पुगेन
काठमाडौं, ९ फागुन । स्वास्थ्य सेवा विभागले २०७७ असारमा स्तरवृद्धिका लागि निवेदन दिएका १७३ जना पारामेडिक्स र ३२ जना अनमीतर्फका कर्मचारीको कैफियत देखिएको जनाएकोछ ।
विभागले सूचना जारी सहायक चौचो तहका पारामेडिक्स र अनमीतर्फका कर्माचारीको स्तरवृद्धिका लागि दिएका निवेदनमा आवश्यक सबै कागजात र विवरण नभएको जानकारी दिएको हो।
धेरै कर्मचारीको कार्य मूल्यांकन सम्पादन नभएको, कसैको दुर्गम खुल्ने कागजात नभएको र पिआइएस अपडेट नभएको जस्ता समस्या देखिएको बताइएको छ।