थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु, ११ जना भेन्टिलेटरमा उपचाररत
काठमाडौं, ७ फागुन । नेपालमा गत २४ घन्टामा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।
यस्तै हाल देशभर ६० जना संक्रमितको उपचार आईसीयूमा उपचाररत छन् भने ११ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।
यस्तै हाल नेपालभर १ हजार ४५ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ५ सय ३८ जना होम आइसोलेसनमा रहेका छन् ।
Last modified on 2021-02-20 22:13:26