स्वास्थ्य विभागद्वारा पारामेडिक्स तर्फ ३६३ र नर्सिङ तर्फ ३७ जनाको स्तरवृद्धि
काठमाडौ, ६ फागुन । स्वास्थ्य सेवा विभागले चौथोबाट पाँचौ तहमा ३६३ जना पारामेडिक्स तर्फका कर्मचारीको स्तरवृद्धि गरेको छ । विभागले २०७७ साल असार महिनामा निवेदन दर्ता भएकाहरुको स्तरवृद्धि गरेको हो ।
यसैगरी विभागले चौथोबाट पाँचौ र पाँचौबाट छैठो तहका नर्सिङतर्फ ३७ जनालाई स्तरवृद्धि गरेको छ । विभागले २०७७ साल असार महिनामा नर्सिङ तर्फ निवेदन दर्ता भएकाहरुको २० जना र २०७६ असार र पुस महिनामा निवेदन दिएका १७ जनाको स्तरवृद्धि गरेको हो ।२०७६ असार र पुस महिनामा निवेदन दिएका ६ जना नर्सलाई पाँचौबाट छैठोमा स्तवृद्धि गरिएको छ ।
Last modified on 2021-02-20 22:14:40