नेपालमा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु, १३ जना भेन्टिलेटरमा उपचाररत



Download our app to get more features

काठमाडौं, ६ फागुन । नेपालमा गत २४ घन्टामा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ५८ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७५ प्रतिशत हो ।

यस्तै हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये ६१ जना आईसीयूमा उपचाररत छन् भने १३ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

Last modified on 2021-02-19 07:53:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts