राधा क्यान्सर सचेतना पुरस्कार पत्रकार समृद्धा केसीलाई



Download our app to get more features

काठमाडौ, ६ फागुन । यसबर्षको “राधा क्यान्सर सचेतना तथा हिंसाबिरुद्धको पत्रकारिता पुरस्कार” पत्रकार समृद्धा केसीलाई प्रदान गरिने भएको छ । स्वर्गीय पत्रकार राधा बस्यालको स्मृतिमा स्थापना गरिएको सो पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ ।

राधा क्यान्सर सचेतना फाउन्डेशनको बिहीवार सम्पन्न बैठकले  पत्रकार केसीलाई पुरस्कार दिने निर्णय हो । पत्रकार केसी महिला स्वास्थ्य डटकममा आवद्ध छिन् ।

फाउन्डेसनका अध्यक्ष प्रकाश बस्यालले पुरस्कार वितरण कार्यक्रम आगामी ९ फागुन आइतबार हुन लागेको जानकारी दिए ।
 वि सं २०४८ मा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो ।

एक दशक भन्दा लामो समय देखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जिवन पछि व्यक्तिगत रुपमा घरेलु हिंसा र क्यान्सर सँग लडदै समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सन्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाएकी थिइन् । राधाको निधन पश्चात फाउन्डेसनलाई राधाका भाइ पत्रकार प्रकाश बस्यालले अगाडी बढाईरहेका छन् । 
 

Last modified on 2021-02-18 13:05:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts