डा.गोविन्द केसी महोत्तरी पुगेर स्वास्थ्य जाँच गर्दै
काठमाडौ, ६ फागुन । डा.गोविन्द केसीले महोत्तरीको स्वास्थ्य चौकी मटिहानी पुगेर सर्वसाधारणको स्वास्थ्य जाँच सुरु गरेका छन्। उनले बुधबारदेखि हाड जोर्नी सम्बन्धी रोगहरूको स्वास्थ्य जाँच सुरु गरेका हुन्।
जोर्नी रोगबाट ग्रसित दीर्घ रोगीलाई निःशुल्क उपचार सुरु गरिएको उनका सहयोगी स्वास्थ्यकर्मीले बताए।
ग्रामीण जनतालाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आफू मटिहानी आएको डा.केसीले बताए। उनले बुधबार ८० जनाको स्वास्थ्य जाँच गरेका थिए।