समायोजन मिलानका लागि तोकिएको ढाँचाको दोहोरो सहमति पत्रसहित पेश गर्न मन्त्रालयको निर्देशन



Download our app to get more features

काठमाडौं, ५ फागुन । सरकारले स्वास्थ्य सेवाका कर्मचारीहरुको समायोजन मिलान सम्बन्धी व्यवस्थाहरु, २०७७ अध्ययन गरेर कागजात पेश गर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीका अनुसार सरकारले सूचना जारी गर्दै समायोजन मिलानको लागि इच्छुक कर्मचारीहरुलाई तोकिएको ढाँचाको दोहोरो सहमति पत्रसहित पेश गर्न भनेका छन् ।

सूचनामा २०७७/११/०१ देखि २०७७/११/१६ गतेसम्म अनलाई आवेदन माग गरेकोमा यस अवधिमा प्राप्त अधिकांश निवेदन र सहमति पत्र तोकिएको ढाँचामा आएको नपाइएको र आवश्यक पूरा कागतजातहरु संकलन गरेको नपाइएकोले समायोजन÷मिलान सम्बन्धी अनलाइन आवेदन गर्दा तोकिएका ढाँचाको निवेदन र सहमति पत्रसहित आवश्यक कागजात अनलाइन प्रणालीमार्फत् पेश गरिदिन अनुरोध गरिएको छ ।

तोकिएको ढाँचाको निवेदन र सहमति पत्र सहित अन्य आवश्यक कागजात प्राप्त नभएका निवेदन कारबाही प्रक्रियामा नजाने पनि सूचनामा जानकारी गराइएको छ । साथै निवेदन पेश गनुैपूर्व स्वास्थ्य सेवाका कर्मचारीहरुको समायोजन मिलानसम्बन्धी व्यवस्थाहरु, २०७७ अध्ययन गरेर मात्र पेश गर्न पनि भनिएको छ ।

Last modified on 2021-02-18 07:26:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts