पिजीको प्रवेश परीक्षामा सहभागि भएका थप ३६ जना परीक्षार्थीलाई योग्यताक्रमको सूचीबाट हटाइयो
काठमाडौं, ५ फागुन । चिकित्सा शिक्षा आयोगले गतल विवरण पेस गरी चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) को प्रवेश परीक्षामा सहभागि भएका थप ३६ जना परीक्षार्थीलाई योग्यताक्रमको सूचीबाट हटाएको छ ।
आयोगले मंगलबार सूचना जारी गर्दै एमडी/एमएस र एमडीएस तर्फ शैक्षिक सत्र २०७६/७७ लागि लिएको एकीकृत प्रवेश परीक्षामा खुल्ला सिट तर्फबाट आवेदन दिई उत्तीर्ण भएका ३६ जनालाई योग्यता क्रमको सूचीबाट हटाएको हो ।
उनीहरुले दुर्गम क्षेत्रमा कार्य गरेबापत पाउने अंकमा झूटो विवरण पेश गरी अंक प्राप्त गरेको देखिएको आयोगको ठहर छ ।
आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि २०७७ को दफा ८ को उपदफा ४ मा भएको व्यवस्था अनुसार योग्ता क्रमको सूचीबाट हटाएको जनाएको छ ।
यसरी योग्यताक्रमको सूचीबाट हटाइएका विद्यार्थीको संख्या एमडी/एमएस तर्फ ३३ जना रहेका छन् भने एमडीएस तर्फ ३ जना छन् ।
यसअघि आयोगले सरकारी तर्फका १३ जना विद्यार्थीलाई गलत विवरण पेस गरेको भन्दै योग्यताक्रमबाट हटाएको थियो ।
योग्यताक्रमको सूचीबाट हटाइएका विद्यार्थीहरुको विवरणः