काठमाडौँ महानगरपालिकाले नि:शुल्क मिर्गौला परीक्षण गर्दै



Download our app to get more features

काठमाडौं, ५ फागुन ।  काठमाडौँ महानगरपालिका भित्र बसोबास गर्ने सबैको निशुल्क मिर्गौला परीक्षण गर्ने भएको छ । काठमाडौँ महानगरपालिका र मिर्गौला बचाऔँ अभियानको संयुक्त प्रयासमा महानगरपालिकाका ३२ वटै वडाभित्र बसोबास गर्नेहरुको निशुल्क परीक्षण हुने भएको हो ।

महानगरपालिकाको जनस्वास्थ्य विभागका अनुसार यो कार्यक्रम बुधबार (आज) देखि आगामी ६ महिनासम्म चल्नेछ । स्वस्थ मिर्गौला स्वस्थ काठमाडौँ कार्यक्रम अन्तरगर्त यो अभियान अघि बढाइएको महानगरले जनाएको छ ।

अभियान अन्तरगर्त महानगरपालिका भित्रका वडामा बसोबास गर्ने व्यक्तिले महानगरपालिकाले सञ्चालन गरेको वडास्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गई पिसावको प्रारम्भिक परीक्षण मार्फत मिर्गौलाको स्वास्थ्य जाँच गराउन सक्नेछन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts